मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको सीआईबीका प्रमुख एआइजी दीपक थापाले बताए ।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।
यसअघि उनी असोज ६ गते पनि पक्राउ परेका थिए । सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।