Comments Add Comment

Advertisment

SKIP THIS

विदेश पठाइदिन्छु भनि पाँचजना युवतीलाई बेच्न लैजाँदै गर्दा चितवन प्रहरीले एक जनालाई पक्राउ

वैदेशिक रोजगारीको लागि निःशुल्क विदेश पठाइदिन्छु भनि पाँच युवतीलाई बेच्न लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ५ मंसिरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ४४ वर्षीय राजु तामाङलाई नारायणगढबाट पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनलाई विभिन्न स्थानका युवतीलाई नारायणगढमा भेला पारी सुनौली लैजाने क्रममा बसमा चढाउन लागेको बेला पक्राउ गरिएको हो ।

आफुहरुलाई बेच्न लैजान लागेको थाहा भएपछि युवतीहरूले आफन्तमार्फत प्रहरीमा खबर गरेका थिए । प्रहरीले नारायणगढको पुलचोकबाट युवतीहरूको उद्धार गरी आरोपीलाई नियन्त्रणमा लिएको हो ।

युवतीहरूको संरक्षणका लागि माइती नेपालमा राखिएको छ । तामाङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा चितवन जिल्ला अदालतबाट आज चार दिनको म्याद लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै