Comments Add Comment

Advertisment

SKIP THIS

डीआइजी शर्माको प्रमुख आतिथ्यतामा सडक दुर्घटना तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा सडक दुर्घटना न्यूनीकरण, सडक सुशासन र सुरक्षा, सम्बन्धी बागमती प्रदेश मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले आयोजना गरेको उक्त कार्यक्रममा बागमती प्रदेश मातहतका ट्राफिक प्रमुखहरूको सहभागिता रहेको बागमती प्रदेश ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।

उक्त कार्यक्रममा उपस्थित जिल्ला ट्राफिक प्रमुखहरूले दुर्घटना र ट्राफिक प्रहरीको भूमिकाका बारेमा विभिन्न जिज्ञासा र गुनासो राखेका थिए । जिज्ञासा र गुनासोलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख, नायब महानिरीक्षक कृष्णहरी शर्माले सवारी दुर्घटना न्यूनीकरण र सडक सुशासनका लागि ट्राफिक प्रहरी, ट्राफिक व्यवसायी ट्राफिक कार्यालय, सडक विभागलगायत सरोकारवाला निकायका क्षेत्रहरूमा प्रभावकारी सहयोग र समन्वय हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका बागमती प्रदेशका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले हालको ट्राफिक व्यवस्था, सवारी दुर्घटनाको अवस्थालगायत विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्र लगायत प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै