Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसको उद्योग विभागमा राजिव श्रेष्ठ सहित दश सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन्।

दश मध्ये एक हुन् नेपाली काग्रेशका बरिस्ठ व्यवसायी तथा उद्योगप्रति , समाजसेवी काठमाडौ क्षेत्र नं ७ का महाधिवेशन प्रतिनिधि सबैको लोकप्रिय राजिव श्रेष्ठलाई यहि मिति पौष १६ गते बाट उद्योग तथा व्यापार बिभागको सदस्यमा मनोनयन भएका छन् ।

श्रेष्ठले व्यवसायी सगै समाजमा आई परेका अप्ठ्यारा काममा समेत साथमा साथ दिदै कर्मयोग्य काम पनि गर्दै आएका थिए ।

राजिव श्रेष्ठ उमेरले मात्र युवा नभई , काममा समेत युवा जोश जागर लगनशिल भएर कर्मयोद्दा जस्ता काम गरेर पनि सफल भएका छन् । उनले नेपालमा कोरोना जस्तो घातक महामारी फैलिदा समेत थुपै व्यक्तिहरुलाई आफू खुसी सहयोग समेत गरेका थिए ।

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन्। पार्टीको विधान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर) , मीनबहादुर भण्डारी (जुम्ला) , ध्रुव खड्का (काठमाडौं) , जमसेरअलि मियाँ (कपिलवस्तु) , सीताराम परियार (काभ्रेपलाञ्चोक) , शम्भुहरि बाँस्तोला (सोलुखुम्बु) , सञ्जीव घिमिरे (झापा) , जुनु गुरुङ (लमजुङ) , विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) लाई मनोनयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै