
तारकेस्वर नगरपालिका वडा नम्बर ७ फुटुङ फाट ( महादेव खोला)भ्याली फम नजिकै निशान गाडीले ठक्कर दिई दुर्घटना भएको छ ।
दुर्घटना हुदा अन्दाजी ३ बर्षको बालक लाई निसान गाडिले ठक्कर दिई घटनास्थलमै मृत्यु भएको स्थानियले बताएका छन्।
बालाजु बृतका प्रमुख नेपाल प्रहरी , बसपार्क ट्राफिक प्रहरी , धर्मस्थली नेपाल प्रहरी , तारकेस्वर नगरपालिकाको नगर प्रहरी र सोहि स्थानियका वडा अध्यक्षहरु घटना स्थलमा पुग्नु भएको थियो ।
बच्चा लाई ट्रमा हस्पिटल लगेको छ भने घटना स्थलको मुजुर्का उठाइएको छ ।
मिनि ट्रक डाईभर अहिले बालाजु वृत्तको हिरासतमा रहेका छन् ।