Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पा पुगेर प्रहरी काम कारवाहीमा कडा रुपमा प्रस्तुत हुन डीआइजी दान कार्कीकाे निर्देशन

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारी, विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण तथा अवलकोन गर्नुभएको छ ।

निरिक्षणको शिलशिलमामा जिल्ला प्रहरी कार्यालय रोल्पा पुग्नुभएका डीआइजी दानबहादुर कार्कीले भौगोलिक विकटता र हिमाली भु-भागका कारण प्रहरी सेवा प्रवाहमा कठिनाई रहेता पनि नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने बताउँदै उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई आत्मसाथ गर्दै जनतालाई नै केन्द्रविन्दूमा राखी कार्य सम्पादन गर्न गराउन रोल्पा स्थित कार्यरत प्ररही कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

साथै प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई गम्भिरताका साथ नागरिक संवेदनशिलतालाई मनन् गरी उच्च सतर्कताका साथ कार्य सम्पादन गर्नुपर्ने बताउँदै नागरिकसंग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा भने कडा रुपमा प्रस्तुत हुन निर्देशन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै