१ चैत्र , काठमाडौं । धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम तालिम सम्पन्न भएको छ ।

काठमाडौको नागाजुन नगरपालिका वडा १ रानीवनको विजय नगरमा उक्त कार्यक्रम संचालन गरेका थिए।सुरक्षित इन्धनको रूपमा हामी सबैले एल पी ग्यास प्रयोग गर्ने गरेका छौं।
दैनिक ग्यासको प्रयोग ग्यास लिक भएर आगलागी भएका घटना दिन प्रतिदिन घटेका समाचार दैनिक सम्प्रेषण गरेको खबर सबैलाई अवगत नै छ।
जसमा 88%घटना मानवीय ऋटी वा केयरलसबाट घटेका समाचार माध्यमले जनाएका छन् यस्ता घटनाहरूलाई जनचेतना मुलक कार्यक्रम सञ्चालन गरी जनचेतना फैलाएमा८८%घटना रोकथाम तथा नियन्त्रण गर्न सकिने भएकोले मिती 2081/11/२९ गते विहिबार का दिन नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन को आयोजना fire prevention and Fire control training Pvt ltd को संयोजकत्वमा ग्यास फायर सेफ्टी जनचेतना मुलक कार्यक्रम नागार्जुन नगरपालिका वडा नम्बर १ विजय नगर मा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा ७५ जति स्थानीय वासिन्दाहरु सहभागी थिए । जुन अन्तरक्रिया कार्यक्रम मा आगलागीका कारण, ग्यास लिक भएपछि गर्ने कारवाही,Fire prevention and Fire control.gas pipe.gas regulatory.gas cylinders expirey date checking fixing .gas fire control. Fire extinguishing process जस्ता विषयमा छलफल तथा जानकारी मुलक कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा fire prevention and Fire control training Pvt ltd,का संचालक अध्यक्ष धन बहादुर बिष्ट ले संचालनले गरेका थिए।
यदि ग्यास लिक भएमा
१. पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुहोस्।
२. आगोको श्रोतहरु जस्तैः मैनबत्ती, दियो, धुप सलाई आदि नबाल्नुहोस्, निभाउनुहोस्।
३. झिल्का आउने वस्तु जस्तैः बिजुलीको उपकरणहरु, स्वीच आदि कुनै हालतमा पनि नचलाउनुहोस्।
४. झ्याल र ढोका खुल्ला राख्नुहोस।
५. रेगुलेटर छुटाएर सिलिण्डरको भल्वमा सेफ्टी क्याप लगाई सिलिण्डर खुल्ला ठाउँमा राख्नुहोस।
६. तुरुन्त आफ्नो नजिकको ग्यास विक्तेता वा प्लाण्टमा सम्पर्क राख्नुहोस।


