आज मिति २०८१ साल चैत्र १० गते काठमाडौंको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिकाको १६औं हिउँदे नगरसभा सम्पन्न भएको छ ।
उक्त नगरसभामा नगरपालिकाले यस नगरपालिकाभित्र स्थायीरुपमा बसोवास गर्ने केही विशेष नागरिकहरुको लागि यही २०८२ साल बैशाख महिनाबाट लागू हुने गरी कोखदेखि शोक कार्यक्रम अन्तर्गत कोख, जेष्ठता र शोक कार्यक्रमको नीति ल्याएको छ ।
यसबाट यस नगरका सम्पूर्ण जनताले उक्त कार्यप्रति खुशी ब्यक्त गरेका छन् ।
यसमा कोख कार्यक्रम अन्तर्गत उक्त नगरपालिका भित्र स्थायी बसोवास भई जन्म भएका कुनैपनि बालवालिकाहरुको परिवारलाई प्रति ब्यक्ति रु ५,०००।– (पाँच हजार ) दिने, त्यस्तै जेष्ठता कार्यक्रम अन्तर्गत उक्त नगरपालिका भित्र स्थायी बसोवास भएका ८० वर्ष भन्दा माथिका बृद्ध–बृद्धालाई सम्मान तथा सहारास्वरुप प्रति ब्यक्ति रु २,०००।– (दुई हजार ) दिने र शोक कार्यक्रम अन्तर्गत यस नगरपालिका भित्र स्थायी बसोवास गरेका कुनै पनि परिवारका सदस्यहरुको असामयिक निधन हुन पुगेमा प्रति ब्यक्ति रु १०,०००।– (दश हजार) दिने निर्णय गरेको छ ।

तारकेश्वर नगरपालिकाको उक्त नगरसभामा विविध विधामा उत्कृष्ठ कार्य गरेबापत पुरस्कार वितरणको कार्यक्रम गरिएको थियो ।
यसरी नगरपालिकाले अहिलेसम्म गरेका विविध विधाका गतिविधिवारे विगत, वर्तमान तथा भविश्यमा गरिने कार्यक्रमको रुपरेखावारे भविश्यमा तारकेश्वर नगरपालिकालाई अन्य नगरपालिकाको तुलनामा पृथक ढगंबाट बिकासको कायर्मा अगाडि बढ्ने कुरा उक्त नगरपालिकाका मेयर कृष्णहरी महर्जनले बताउनु भयो ।
यसरी नगरपालिकाले यस वर्ष अन्य नगरपालिका भन्दा पृथक ढगंको कोखदेखि शोकसम्मको कार्यक्रम ल्याएको र जसले गर्दा अन्य देशभरीका स्थानीय निकाय, प्रदेश तथा केन्द्रलेसमेत यस्ता कार्यक्रमहरु जनहितमा ल्याउनु आवश्यक देखिन्छ ।
अवको कार्यक्रममा जनसंख्याको चापलाई मध्यनजर राखि कम्तिमा पन्ध्रदेखि वीस बेडको सुविधासम्पन्न अस्पत्तालको पनि आवश्यकता रहेको र यसप्रति तारकेश्वर नगरपालिकामा वसोवास गर्ने आम जनसमुदायको अपेक्षा पनि रहेको छ , र अस्पत्ताल सम्बन्धमा धेरै लामो समयसम्म जनअपेक्षा रहेपनि उक्त कार्यक्रम लागू हुन नसकेको र नगरपालिकाको अवको कार्यदिशा पक्कै पनि यसतर्पm रहने कुरा यस नगरपालिकामा बसोवास गर्ने स्थानीयको रहेको छ ।
खिमराज गिरी





