Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिकाले मठ-मन्दिर सहित स्थानियलाई दियो खुसीको अवसर

तार्केश्वर नगरपालिकाले बिकाशलाई द्रुतगतिमा लाने लोकप्रिय निर्णयहरू गरेको छ।

नगरपालिका भित्र स्विकृत योजना तथा कार्यक्रम अन्तर्गत उपभोक्ता समिति मार्फत कार्य सम्पादन हुने जुनसुकै कार्यक्रम तथा योजनामा एक समितिमा बसेको अध्यक्ष अन्य समितिको अध्यक्ष बस्न नपाउने निर्णय गरेको छ भने अन्य पदाधिकारी तथा सदस्यहरुको हकमा यो निर्णय लागु नहुने समेत जनाएको छ।

साथै उपभोक्ता समिति सम्बन्धि कार्यविधिलाई थप परिमार्जन गर्ने निर्णय गरेको पुर्वाधार योजना शाखा प्रमुख उज्जल न्यौपानेले बताए ।

वागमती प्रदेश सरकारबाट रंगशाला शिर्षकमा वडा नं. ३ र ५ मा विनियोजित रहेको योजना संचालनका लागि अनुमति दिने निर्णय गरेको छ ।

गोलढुंगा महांकालमाई जात्रा संचालनको लागि आवश्यक सामग्री तथा बाजा-गाजा खरीद गरी वडा नं. ५ स्थित, श्री महाँकाल माई मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गर्ने पनि निर्णय गरेको नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै