६ बैशाख, काठमाडौ । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।
बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान करिब साढे ९ बजे टिका विष्टमाथि गोली प्रहार भएको हो । पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बस्दै आएकी थिईन् ।
कम्मरमाथि गोली लागेको र विष्टको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
गोली किन र कसले हानेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।