Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकाका खेलाडीहरूले १४औं राष्ट्रपति रनिङ् शिल्डमा उत्कृष्ट प्रदर्शन गरी पदक जिते,मानसिंह धर्म मा.वि.ले सम्मान गर्यो

जेष्ठ १३ , काठमाडौ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १४औं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै मानसिंह धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूले कराते र एथलेटिक्स विधामा उल्लेखनीय सफलता हासिल गरेका छन् ।

यस प्रतियोगितामा उनीहरूले जम्मा १ स्वर्ण, २ रजत, र १ कास्य पदक प्राप्त गरेका छन् भने मानसिंह धर्म मा.वि.ले पदक विजेताहरूलाई आज सम्मानित पनि गरेको छ ।

पदक विजेताहरूको विवरण :-
सलिना तुलाधर – (स्वर्ण पदक) (कराते, ५० केजी श्रेणी)
(तारकेश्वरको गौरव बढाउदै सलिनाले आफ्नो प्रतिस्पर्धी श्रेणीमा उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक जितेकी छन् ।

(विशाल गुरुङ) – (रजत पदक) (कराते, ४२ केजी श्रेणी)
(विशालले आफ्नो रणनीति र साहसिक खेलाडित्वले दोस्रो स्थान हासिल गरे।

(अभिशेक ढुङ्गेल) – (रजत पदक) (२०० मिटर दौड)
(एथलेटिक्समा तारकेश्वरको झण्डा उच्च पुग्याउँदै अभिशेकले रजत पदक जितेका छन्।

प्रतीक्षा तामाङ८ – (कास्य पदक) (कराते, ४५ केजी श्रेणी)
(प्रतीक्षाले आफ्नो लगनशीलताले कास्य पदक हात पारेकी छन् ।

प्रतियोगिताको समग्र प्रदर्शन:-
(तारकेश्वर नगरपालिकाले यस प्रतियोगितामा (कराते र एथलेटिक्स) दुबै विधामा उत्कृष्ट प्रदर्शन गरेको छ।

(मानसिंह धर्म मा.वि.ले पदक विजेताहरूलाई सम्मान गर्दै उनीहरूको मेहनत र योगदानलाई सार्वजनिक रूपमा प्रशंसा गरेको छ।

बधाई र शुभकामना :-
तारकेश्वर नगरपालिका, मानसिंह धर्म मा.वि.को प्रधानाध्यापक, शिक्षकगण, अभिभावक र सम्पूर्ण विद्यार्थीहरूलाई यस ऐतिहासिक उपलब्धिमा हार्दिक (बधाई) १ यी युवा खेलाडीहरूको सफलता नै हाम्रो समाजको भविष्य हो । तपाईंहरूको अग्रसरता र प्रेरणाले अरू युवाहरूलाई पनि खेलकुदमा अग्रसर हुन प्रेरित गरोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै