Comments Add Comment

Advertisment

SKIP THIS

गणतन्त्र दिवसको अवसरमा तारकेश्वरमा बृह्त खुल्ला रक्तदान कार्यक्रमको आयोजना

तारकेश्वर ९ को शुभकामना चोकस्थित शुभकामना स्कुलमा गणतन्त्र दिवसको विशेष अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

शुभकामना स्कुल र लायन्स क्लव अफ काठमाडौं शुभआरम्भको संयुक्त प्रयासमा आयोजित कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले रक्त संकलन गर्ने शुभकामना विद्यालयका प्रिन्सिपल कुमार ढकालले बताएका छन् ।

ढकालले शुभकामना स्कुलले हरेक वर्ष स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्दै आएकोले गत वर्ष चैतमा गर्ने कार्यक्रम प्राविधिक कारण ढिला भएकाले अहिले गणतन्त्र दिवसमा विशेष ढंगले गर्न लागेको बताएका छन् ।

लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष रामशरण न्यौपानेले गणतन्त्र दिवस लगायत महत्वपूर्ण दिवसहरुमा लायन्स क्लवले विभिन्न शैक्षिक संस्थाहरुसँग सहकार्य गरेर रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको बताएका छन् । यस पटकको रक्तदान कार्यक्रममा सबैलाई सहभागिता जनाउन अनुरोध पनि गर्दछु ।

कार्यक्रममा वरिष्ठ डेन्टल सर्जन डा. प्रकृति गिरी, डा. राजेश शाहबाट दन्त परिक्षण तथा उपचार हुने भएको छ । त्यस्तै आँखा परिक्षणका लागि त्रिपुरेश्वर आँखा अस्पतालका बि.अप्टम अनुजा ढकालले आँखा जाँच गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सिडियस जीतबहादुर तामाङको समेत सहभागिता रहने गोरखकाली क्लीनिकका प्रमुख बिनोद भट्टले जानकारी दिएका छन् । भट्टकाअनुसार स्वास्थ्य जाँचमा आएकाहरुका लागि समय अभावले छुट हुन् पुगेकाहरुका लागि नाम दर्ताको पत्र लिएर अर्को दिन दिव्यज्योती आई केयर तथा पिपल डेन्टल होम लोकतान्त्रिक चोकमा आएर निःशु्ल्क परिक्षण गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै