Comments Add Comment

Advertisment

SKIP THIS

शान्तिटोलमा आयोजित ‘अण्डर–१४ प्रथम नवशान्ति युवा कप’ फूटसल प्रतियोगिता हुँदै

काठमाडौं – तारकेश्वर नगरपालिका–८, शान्तिटोलस्थित प्रारम्भ वर्ल्ड स्कुलको खेल मैदानमा ‘अण्डर–१४ प्रथम नवशान्ति युवा कप’ फूटसल प्रतियोगिता आगामी भदौ १० गतेदेखि आयोजना हुने भएको छ।

नवशान्ति युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा करिब १५ भन्दा बढी विद्यालय, क्लब तथा खेल एकेडेमीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

क्लबका अनुसार बालबालिकामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ८,००० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः ५,००० र ३,००० रुपैयाँसहित सम्मान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरर र मूल्यवान खेलाडीलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रममा विभिन्न स्थानीय संघसंस्था, विद्यालय, अभिभावक र समाजसेवीहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकले सबैलाई कार्यक्रमको अवलोकन र समर्थनका लागि उपस्थित भई सफल पार्न अनुरोध गरेको छ।

सम्पर्क:
नवशान्ति युवा क्लब
शान्तिटोल, तारकेश्वर–८, काठमाडौं
९८५१२०१०५७, ९७६८९१५४६०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै