Comments Add Comment

Advertisment

SKIP THIS

प्रमुख प्रशासकीय अधिकृत लम्सालको पहलमा ईन्डक्सन चुलो वितरण, जनप्रतिनिधिमाथि पक्षपातको आरोप

तारकेश्वर नगरपालिका वडा नं. १, २ र ३ मा दाउरामा खाना बनाउँदै आएका दलित तथा अल्पसंख्यक परिवारलाई ५० प्रतिशत अनुदानमा ईन्डक्सन चुलो वितरण गरिएको छ।

मिति २०८२ असोज ३० गते नगरपालिका परिसरमा सम्पन्न कार्यक्रममा १६ परिवारलाई ईन्डक्सन चुलो हस्तान्तरण गरिएको हो।

यो योजना प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालको पहल र वातावरण शाखा प्रमुख जिवनाथ भण्डारीको समन्वयमा अघि बढाइएको हो।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्की, वडा प्रतिनिधि, कर्मचारी र नेपाल प्रहरी सहित स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

वातावरणमैत्री वडा निर्माणका लागि सुरु गरिएको यो अभियान अन्तर्गत वडा नं. १ र ३ बाट माग संकलन गरी ८/८ जना गरी १६ परिवारलाई चुलो वितरण गरिएको हो।

तर, स्थानीयवासीका अनुसार केही जनप्रतिनिधिहरूले आगामी निर्वाचनको भोटको लोभमा आफ्ना निकट व्यक्तिलाई मात्र चुलो वितरण गरेको गुनासो गरेका छन्।

प्रशासनिक पक्षले भने वितरण प्रक्रिया निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको दाबी गरेको छ।

स्थानीयवासीहरूले प्रमुख प्रशासकीय अधिकृत लम्सालको सक्रियता र कार्यक्रम व्यवस्थापनको उच्च प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै