४ पुष काठमाडौ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइनबोर्डहरू, माक्स तथा स्यानिटाइजर सहयोग गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले उल्लेखित सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
सहायता हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामूलक बोर्डको अनावरणसमेत गरेका छन् ।
उक्त बोर्डहरू शहरका विभिन्न ठाउँहरूमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।








