Comments Add Comment

Advertisment

SKIP THIS

बन मुद्दाका फरार अभियुक्त जेल चलान

७ पुष काठमाडौ । उदयपुरबाट बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका ५८ वर्षीय भक्तबहादुर खड्कालाई पक्राउ गरेर कारागारमा पठाइएको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।

खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् । जरिवाना रकम तिरेमा उनि एक महिनाको जेल सजाय भुक्तान गरेपछि रिहा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै