Comments Add Comment

Advertisment

SKIP THIS

खाद्यले धान खरिद नगर्दा किसान चिन्तित

८ पुष , काठमाडौ । कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी हुनुहुन्थ्यो । बाह्र बिघा क्षेत्रफलमा धान खेती गर्नुभएका विक्रम आफ्नो खेतको धान हेरेर आफै मख्ख पर्नुहुन्थ्यो । उहाँको त्यो खुसी धेरै समय रहेन ।

धान काटेर खेतभरी बनाइएको धान बाढीले बगायो । बाँकी रहेको धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्न पाएपछि लगानीसम्म आउला भन्ने आशा विक्रमको मरेको थिएन । कात्तिकमा भित्र्याएको धान खाद्यको पर्खाईमा पुससम्म घरमै रह्यो ।

अन्ततः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिदका लागि टीकापुर नगरपालिका–७ मा खरिद केन्द्र स्थापना गरी धान खरिद सुरु गरेपछि विक्रम बाढी र डुबानबाट बचाएको २० क्विन्टल धान ट्र्याक्टरको ट्राली भरेर सत्ती पुग्नुभयो । खाद्यले विक्रमको धान तोकिएको मापदण्डअनुसार नभएको भन्दै फिर्ता गर्यो । “मूल्य पाइन्छ भनेर बाहिर धान बिक्री गरिएन । केन्द्रले पनि धान गुणस्तरीय छैन भन्दै फिर्ता गरिदियो”, उहाँले भन्नुभयो, “बाढीबाट बचाएको धान बेचेर लगानी उठाउने आश थियो, त्यो पनि म¥र्यो ।”

विक्रम त्यसको एक उदाहरण मात्रै हुनुहुन्छ । कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानसँग यो वर्ष गुणस्तरीय धान छैन । अधिकांश धान बाढीमा बगेर गएको भए पनि डुबानमा परेको धान मुस्किलले बचाएको धान खाद्यले खरिद नगर्दा अर्को वर्ष धान रोप्नका लागि चाहिने खर्चको जोहो गर्न समस्या हुने किसान सुरेश चौधरीले बताउनुभयो । “ट्राली भरेर खाद्यको खरिद केन्द्रमा धान बिक्री गर्न पुगियो । पछि गुणस्तर पुगेन भनेर धान फिर्ता गरिदियो”, उहाँले भन्नुभयो, ‘बजारमा बिक्री गर्दा एक हजार २०० मा बिक्री गर्नुपर्ने बाध्यता छ । लगानी नै नउठ्ने भएपछि बिक्री गरेर पनि के गर्नु र ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment