
११ जेठ ,काठमाडौ । काठमाडौँ तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन ।

तारकेश्वर नगर स्वास्थ्यका अनुसार थप संक्रमितमा ३१ जना महिला र ३१ जना पुरुष रहेका छन । तारकेश्वर नगर स्वास्थ्यका अनुसार कोरोनाको दोश्रो भेरियन्ट देखा परेपछि तारकेश्वरमा कुल १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वरमा हाल एक हजार १९२जना संक्रिय संक्रमित रहेका छन । जसमा ५२५ जना महिला र ६६७ पुरुष रहेका छन ।

कोरोनाको दोश्रो चरण पछि हालसम्म नगरपालिकामा कोरोना निको हुनेको संख्या १७० जना पुगेको छ । तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित आईसोलेसनमा हाल ११ जना बिरामी हुनुहुन्छ ।
तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसगैं कुल मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ ।






