Comments Add Comment

Advertisment

SKIP THIS

सिभिल बैंकको नाफा १४८ प्रतिशतले वृद्धि

७ माघ , काठमाडौँ । सिभिल बैंक लिमिटेडले चालू आर्थिक बर्षको पहिलो ६ महिना (दोस्रो त्रैमासमा)नाफामा बढेका्े छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा बैंकले चालु आवको ६ महिनामा डेढ सय प्रतिशतले नाफामा वृद्धि गरेको छ ।

बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार १४८.४२ प्रतिशतले नाफा वृद्धि गरि खुद मुनाफा २० करोड २८ लाखबाट ५० करोड ४० लाख पुगेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा खुद मुनाफा ३० करोड १२ लाख रुपैयाँले बढाउँन सफल भएको हो ।

यस्तै, यस आर्थिक बर्षको दोस्रो त्रैमासमा सिभिल बैंकसँग वितरण योग्य मुनाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप गत आर्थिक बर्षको तुलनमा ३.४६ प्रतिशतले बढेर ९१ अर्ब ६९ करोड र कर्जा लगानी ५.५५ प्रतिशतले बढेर अर्ब ४२ करोड पुगेको छ ।

बैंकको चुक्तापुंजी ८ अर्ब ६४ करोड रहेको छ भने रिजर्भ तथा सरप्लस २४ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ । बैंकले व्यवसाय बिस्तार गरी आक्रामक रुपमा संचालन मुनाफा तथा खुद मुनाफा वृद्धि गरे खराब कर्जा अनुपात भने एकल अंक मुनि ल्याउन सफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ताप्लेजुङमा धान उत्पादन वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

भारतमा इन्धनको मूल्य वृद्धि

Advertisment

छुटाउनुभयो कि? सबै

ताप्लेजुङमा धान उत्पादन वृद्धि

भारतमा इन्धनको मूल्य वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि