
९ माघ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय गोरखाले तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने हेतुले विगत लामो समय देखि जिल्ला प्रहरी गोरखा कार्यालको आन्तरिक कल्याणकारी कोष मार्फत विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्ने, बिशेष प्रकृतिका घटनाहरुमा प्रहरी कर्मचारीहरुलाई सहयोग गर्ने, गुनासो सुनुवाई गर्ने एवं कार्यालयकोभौतिक श्रोत साधन सम्पन्न बनाउने हेतुले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको छ ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय गोरखाको आन्तरिक कल्याणकारी कोषमा विभिन्न श्रोतहरुबाट जम्मा हुन आएको प्रोत्साहन रकमको समुचित उपयोग गर्दै जुनियर तहका प्रहरी कर्मचारीहरुको हकहितलाई मध्यनजर गरी मंसिर महिनामा २१० थान ट्रयाकसुटहरु जम्मा रु.३,०४,५००।– (तीन लाख चार हजार पाँच सय) यसै कल्याणकारी कोषबाट खरीद गरी प्रहरी कर्मचारीहरुलाई वितरण गरी सकिएको छ ।

हाल आएर उक्त कोषमा जम्मा हुन आएको फरार अभियुक्तहरु पक्राउ गरे वापत गोरखा जिल्ला अदालतबाट प्राप्त प्रोत्साहन रकम र ढुङ्गा,गिट्टी, बालुवाको अवैध चोरी निकासी रोके वापत गोरखा नगरपालिकाबाट प्राप्त प्रोत्साहन रकमको उपयोग गरी तल्लो तहका प्रहरी जवानहरुले आफु सरुवा भएर आउँदा जाँदा बेड – बिस्तरा बोकेर जानु पर्ने बाध्यतालाई बिशेष ख्याल गरी सो समस्यालाई सहज बनाउन उक्त आन्तरिक कल्याणकारी कोषबाटै तत्कालका लागि ८० थान रेडिमेट म्याट्रेस .।१,५७,१७०।– (एकलाख सन्ताउन्न हजार एक सय सत्तरी)मा खरीद गरी कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय गोरखा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनाल मार्फत प्रहरी जवान तथा कार्यालय सहयोगीहरुलाई वितरण गरिएको र आगामी दिनहरुमा सम्पुर्ण प्रहरी कर्मचारीहरुको लागि क्रमशस् उपलब्ध गराउँदै लैजाने जिल्ला प्रहरी कार्यालय गोरखाको योजना रहेको छ ।




