Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा डिपार्टमेन्टल स्टोर बन्द ; साल्ट ट्रेडिङले सामान घरैमा डेलिभरि गरिदिने

१३ जेठ , काठमाडौँ । निषेधाज्ञा थप कडा पार्ने भन्दै काठमाडौँ उपत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गरिएपछि जिल्ला प्रशासनले वैकल्पिक व्यवस्था गरको छ ।

काठमाडौँमा खाद्य सामग्री अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सामान घरैमा डेलिभरि गरिदिने व्यवस्था गरिएको हो ।

उपत्यकामा प्रशासनले नेपाल खाद्य तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । एक सूचना जारी गर्दै ग्राहकले कम्पनीको फोन नम्बरमा कल गरेर सामान मगाउन सकिने बताइएको छ ।

दाल, चामल, नून(तेल, चिनीलगायत खाद्य सामग्रीको उक्त कम्पनीहरूमार्फत मगाउन सकिनेछ । साथै खाद्य सामग्री अभाव नहुने समेत प्रस्ट पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै