Comments Add Comment

Advertisment

SKIP THIS

बाबुराम भट्टराई कोरोना संक्रमीत

१२ माघ काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सतर्कताका बाबजुद मलाई कोभिड-१९ ले पुनः संक्रमण गरेको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।’

नेता भट्टराईलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनले आफूलाई सामान्य लक्षण देखिएको बताउँदै केही दिन आफू होमआइसोलेसनमा रहने जनाएका छन् । ‘लक्षण सामान्य छ । केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै