Comments Add Comment

Advertisment

SKIP THIS

भीरबाट भ्यान खस्दा दाजु भाइको मृत्यु

१३ माघ , काठमाडौँ । इलामको रोङ गाउँपालिका ४ पैरे भन्ने ठाउँमा भीरबाट भ्यान खस्दा दाजु भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगर ४ बाहुनडाँगी बजार बस्ने ५२ वर्षीय रमेश थापा र उनका भाइ ४४ वर्षीय सूर्य थापा रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ च ७९१६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भइ बिहीबार बिहान पौने ६ बजे भीरबाट करिब पाँच सय मिटर तल खस्दा एकै घरका दाजुभाइको मृत्यु भएको हो ।

गाडी चालक सोही स्थानका ३५ वर्षीय अर्जुन कोइराला गम्भीर घाइते भएका छन् । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै