Comments Add Comment

Advertisment

SKIP THIS

अझै केही दिन मौसम सुधार नहुने

१६ माघ , काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।

महाशाखाको अनुसार सोमबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै