Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली केरा जुन सक्कली सुपर फुड प्रमाणित हुनसक्छ

१७ माघ , काठमाडौं । वैज्ञानिकका अनुसार इथियोपियामा पाइने एनसेट नामको फल जलवायु परिवर्तनको यो अवधिमा नयाँ सुपर फुड र जीवन रक्षक सावित हुन सक्छ ।

हालै ‘इनभायोरोमेन्टल रिसर्च लेटर्स’ नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार केरासँग मिल्दो जुल्दो यो प्रजातिले तापमान वृद्धि भइरहेको यो विश्वका १० करोडभन्दा बढी मानिसको पेट भर्न सक्छ । इथियोपियाबाहेक अन्य देश वा इलाकामा यो बोटबारे धेरैलाई थाहा छैन । त्यहाँ यसको उपयोग हलुवा र रोटी बनाउन प्रयोग गरिन्छ । यद्यपि, बोटको केराजस्तो फल खान योग्य हुँदैन ।

अफ्रिकामा यो फल ठूलो परिमाणम उत्पादन गर्न सकिने यो शोधबाट पत्ता लागेको छ । इथियोपियामा आवासा के हवासा युनिभर्सिटीका डा। वेन्डावेक अबेबेले यो प्रजातिलाई खाद्य सुरक्षा र विकासका लागि निकै महत्व दिएका छन् ।

एनसेटलाई नक्कली केरा पनि भनिन्छ । यसलाई केरासँग मिल्दोजुल्दो प्रजाति पनि भनिन्छ । हालसम्म यसको उपयोग इथियोपियाका केही हिस्सामा मात्रै भइरहेको छ ।

यसको डाँठ र जरामा भरपूर मात्रामा स्टार्च पाइन्छ । यसैले बिरुवाको उक्त हिस्सालाई हलुवा र रोटी बनाउन प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

टिकटकको नक्कल गर्दै ट्वीटर

Advertisment

छुटाउनुभयो कि? सबै

टिकटकको नक्कल गर्दै ट्वीटर