Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकाको वरिपरीको डाँडा हिउँले सेताम्मै

२१ माघ , काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको वरिपरीको डाँडा हिउँले सेताम्मै भएको छ । चन्द्रागिरि डाँडोमा हिमपात भएपछि शुक्रबार बिहानैदेखि आन्तरिक पर्यटकको भीड लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ । गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै