Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धन टुट्छ तर एमसीसी अघि बढ्दैन : एकीकृत समाजवादीकी नेतृ शाह

२८ माघ , काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसीसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

‘राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं तर एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं,’ राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनेकी छन्।

कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन गर्न नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,’ उनले थपिन् ।

शाहले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसीसी बन्न नहुनेमासमेत सत्तारुढ दलहरुको ध्यानाकर्षण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै