Comments Add Comment

Advertisment

SKIP THIS

एकसातादेखि अवरुद्ध सहिदमार्ग सञ्चालनमा

२८ माघ , काठमाडौं । गतसातादेखि हिमपातको कारण अवरुद्ध सहिदमार्ग सञ्चालनमा आएको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले अवरुद्ध सहिदमार्ग पुनः सञ्चालन आएको जानकारी दिए ।

वर्षेनी हिमपातका कारण सहिदमार्गको सो खण्डमा सडक अवरुद्ध हुने गर्छ । हिमपातकै कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै