Comments Add Comment

Advertisment

SKIP THIS

१८ वर्ष माथिकालाई बुस्टर डोज खोप १ फागुन

२८ माघ , काठमाडौं । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबैलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको जानकारी दिएका हुन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्। बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्री खतिवडाले बताए ।

मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्दै कोरोना विरुद्धको खोपको पहिलो श्रृङ्खला लगाएको ६ महिना पूरा भएका १८ वर्ष र सोभन्दा माथिका सबैलाई खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप (बुस्टर डोज) प्रदान गर्न भनेको छ।

मन्त्रालयले बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन पनि भनेको छ।

मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने जनाएको छ । यस्तै, रेबिज विरुद्दको खोप सातै वटा प्रदेशबाट दिईने भएको छ । अहिले सम्म टेकु अस्पतालबाट मात्रै दिने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै