Comments Add Comment

Advertisment

SKIP THIS

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको ६६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्‍न

२८ माघ , काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा एक समारोहबिच आज राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगंजको ६६ औं बार्षिकोत्सव सम्पन्‍न भएको छ ।

प्रमुख अतिथीले शैलेश थापा क्षेत्रीले प्रतिष्ठा‍नको बार्षिक पत्रिका “प्रेरणा” को लोकार्पण गर्नुभएको थियो साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठा‍न तथा अपराध अनुसन्धान विद्यालयमा लामो समय कार्यरत रही नेपाल प्रहरी संगठनको प्रमुख कार्यको रुपमा रहेको अपराध अनुसन्धान अन्तर्गत “घटनास्थल अनुसन्धान अधिकृत तालिम”  र “अनुसन्धनात्मक अन्तर्वार्ता तालिम” को थालनी तथा प्रशिक्षण पाठ्यसामाग्री लेखन र अपराध अनुसन्धानमा भौतिक सबुद संकलन र संरक्षण नामक पुस्तक लेखन गर्नुको साथै अपराध अनुसन्धान सम्बन्धी तालिमको प्रशिक्षण र विकासमा वहाँले निभाउनु भएको प्रशंसनीय भूमिकाको कदर स्वरुप अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई Live Time Achievement Award बाट सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले ६६ औं बार्षिकोत्सवको अवसरमा प्रतिष्ठान परिवारलाई शुभकामना व्यक्त गर्नुभयो । मन्तव्यको क्रममा प्रमुख अतिथिज्यूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्दै उत्तर आधुनिक युगलाई सम्बोधन गर्ने प्रशिक्षण प्रणाली निर्माण गरी त्यसलाई आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामाग्रीहरु समेत निर्माण गर्न निर्देशन दिनुभएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहोराज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव बिक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका स.प्र.व.उ. प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रका पदाधिकारीहरुका साथै प्रतिष्ठानको तर्फबाट Life Time Achievement Award बाट सम्मानित हुनु भएका अवकास प्राप्त प्रहरी उपरीक्षक जय विष्णु नेपाली लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै