Comments Add Comment

Advertisment

SKIP THIS

दीपककुमार कार्की कामुप्रधानन्याधीश

०१ फाल्गुण , काठमाडौं । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।

संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित हुने हुँदा कार्की पनि स्वतः कामुप्रधानन्याधीश बनेका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्यायपरिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिकामा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै