Comments Add Comment

Advertisment

SKIP THIS

नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति राखेर जागीर खाएका सचिवले राजीनामा दिए 

 

१ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका छन् । उमेर लुकाएर जागीर खाएको पुष्टि भएपछि उनले राजीनामा दिएका हुन् ।

सभामुख अर्जुनबहादुर थापालाई उनले राजीनामा बुझाएका थिए । सभामुखलाई दिएको राजीनामा आइतबार स्वीकृत भएको सभामुखका स्वकीय सचिव कबिन्द्र रोकायले जनकारी दिए । सचिव धामीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म राखेर नियुक्ति लिएका थिए । नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक मिति रहेको भेट्टिएपछि उनी विवादित बनेका थिए ।

शैक्षिक प्रमाणपत्रमा २०१६र११र२९ रहेकोमा नागरिकतामा भने २०३३ सालमा १८ वर्ष उल्लेख छ । प्रदेशसभा सचिव नियुक्त हुने कानुन प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रावधानमा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । नागरिकताअनुसार धामी नियुक्त हुँदाकै बखत ६० वर्ष उमेर कटिसकेको देखिएको छ । धामी ०७६ जेठ २८ गते नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै