- (खिमराज गिरी)
अयोग्यताको लाजले अतिबाद शिर्षक लेखमा बिष्णु सापकोटाले नेपालका दुई चार वटा राजनीतिक दलका पात्रहरुको प्रवृतिवारे स्वस्थानी ब्रतकथामा उल्लेखित पात्रहरुको प्रवृति जस्तै केलाएका त छन तर ब्यक्तिगत रिस , राग र कुन्ठाको भावनावाट भने उनी आफै मुक्त हुन सकेको देखिएन ।
उनले देउवा, ओली, प्रचन्डलगाएत केही मधेशी नेताहरुको उछित्तो काढेका छन तर कुनै समय नारदी प्रवृत्ति बोकेका, देश र पार्टी नै हाँकेर सत्ता र शक्तिको लागि जस्तोसुकै प्रवृति पनि देखाउन पछि नहट्ने तथा महिनै पिच्छे पार्टी चाहारी दल बदल्ने दक्षप्रजापतिजस्ता माधव नेपाल , बाबुराम भट्टराइकोबारेमा भने मुकदर्शक बन्नुले लाग्छ नेपालका बुद्दिजीवी र लेखकहरु पनि कुनै न कुनै दलका नेताहरुको आड र भरोसा नभइ बाच्नै सक्दैनन ।
बुद्दि , विवेक र नैतिकताको धरातललाइ बन्धकिमा राखेर जसले आफ्नो अस्तित्व नै गुमाएका हुन्छन त्यस्ता बुद्दिजीवी तथा लेखकहरु परजीवी नै कहलिन्छन । यदि नेपालमा मानवधिकारवादी, बुद्दिजीवी, लेखक तथा पत्रकारहरुले कुनैपनि राजनीतिक दलका नेताहरुकोवारेमा सहिलाइ सहि र गलतलाइ गलत भन्ने प्रवृतिको बिकास गरेको भए आज प्रजातन्त्र र गणतन्त्र आएको पनि यत्तिका वर्ष भइसकेको छ तर पात्रहरु जति फेरिएपनि प्रवृत्ति किन उस्तै हुन्थ्यो र ?
अझ नेपालको बिकास र नेपालीको उत्थानको लागि अझै पनि बिदेशी दाताहरुसँग लम्पसार पर्नुपर्ने बाध्यात्मक परिस्थितिको सृजना किन हुन्थ्यो र ? हाल एनसेलजस्तो बिदेशी कम्पनीको कर उठाउन मात्र साठी अरवभन्दा माथि भनिएको छ ।
त्यस्तै कर पर्च्छ्यौट आयोगका चुडामणी शर्माले करिब २३ अरव घोटाला गरेको मुद्दामा लगभग दश करोडको बिगोमा छोडिएको यो देशमा यी भ्रस्टाचारीको सम्पत्ति जफत मात्र गरेपनि अरबौं रुपैया राजस्व आउने र देश बिकासमा टेवा पुग्ने जानकारी हुंदाहुंदैपनि अहिले दलहरु एमसीसी मुद्दालाइ लिएर फेरि राजनीतिक खिचातानीमा अल्झिराखेका छन ।
तर नेपालका बुद्दिजीवी लेखकहरु भने विभिन्न परियोजनावारे न त दलका नेताहरुलाइ बुझाउन सके , न त जनताको भ्रम चिर्न नै !
९८५११९२०८८



