Comments Add Comment

Advertisment

SKIP THIS

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ

४ फागुन, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर गोदाबरी नगरपालिका-१० सल्यानगाउँ ठेगाना भएका ५६ वर्षीय सुन बहादुर तामाङलाई घटनाको ३७ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर साविक चापागाउँ गाबिस-८ सल्यानगाउँ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई २०४१ चैत १२ गते राति कुटपिट गरी मृत्यु भएको घटनापश्चात फरार भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । सुन बहादुर उपर कर्तब्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०४४ जेठ ५ गते साविक मुलुकी ऐन, अदालती वन्दोवस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै