Comments Add Comment

Advertisment

SKIP THIS

२ लाख ९४ हजार बराबरका नक्कली नोटसहित चार जना पक्राउ

 

फागुन ४,काठमाडौं । एक हजार दरका नेपाली नक्कली नोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौं महानगरपालिका १६ नयाँ बजार मेडिकल चोक एरियाबाट २ लाख ९४ हजार बराबरका नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका १२ घर भइ अहिले काठमाडौं नयाँ बजार बस्ने २८ वर्षका पृथ्वी प्रसाद साह, सोही नगरपालिकाका २८ वर्षका महमद शम्साद आलम, सोही जिल्लाको राजपुर नगरपालिका घर भई हाल काठमाडौं नयाँ बजार बस्ने बर्ष २७ का मोहम्मद मुसरफ अली, सोही ठाउँका बर्ष ३० का असरफ अली सहिद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै