Comments Add Comment

Advertisment

SKIP THIS

बसेडीको सुन्तला भारतमा अधिकतम विक्री

५ फागुन, काठमाण्डौं । दार्चुला जिल्लाको व्यास गाउँपालिका–६ बसेडीको सुन्तला भारतमा अधिकतम विक्री भएको छ ।

बसेडिगाउँ भारतको सिमानासँग जोडिएको हुनाले त्यहाँको बासिन्दालाई भारतसँग कारोबर गर्न सजिलो भएको हो । यो बर्ष बसेडी गाउँले भारतलाई ७५ लाखको सुन्तला विक्री गरेको छ ।

त्यहाँको स्थानीय बासीन्दा चुढामडी भट्टलको ४५ रेक्टोर क्षेत्रफलको जमिनमा एक सय ५० वटा सुन्तलाको बोट रहेको छ । ती मध्ये यो वर्ष एक सय बोटमा सुन्तला फल्यो भने एक लाख आम्दानी भयो । उहाँले दिएको जानकारी अनुसार, त्यहीँको स्थानीय किसान विरबहादुर बम र पदम विष्टले यो वर्ष मात्र ३–३ लाखको सुन्तला विक्री गरेका छन् ।

त्यहाँका स्थानीयका अनुसार, सुन्तला विक्री गर्न नेपालमा भन्दा भारतमा सहज रहेको बताउछन । नेपनलमा विक्री गर्दा त्यहाँका किसानहरुले धेरै समस्याहरु भोग्नुपरेको गुनासो गरेको पाइन्छ । नेपालमा सडक र बाटोको अभाबका कारण त्यहाँका किसानहरु भारतमा सुन्तला विक्री गर्न वडी आकर्षण भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै