Comments Add Comment

Advertisment

SKIP THIS

ताप्लेजुङका २१ विद्यालयमा पक्की भवन बन्ने

०५ फाल्गुन , काठमाडौं । हिमाली जिल्ला ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत उक्त सङ्ख्यामा विद्यालयको चार र दुईकोठे पक्की भवन बन्न लागेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत पूर्वाधार संरचना निर्माण तथा आइसिटी ल्याब व्यवस्थापन कार्य गर्नेगरी देशभरका विद्यालयलाई छनोट गरेको छ । मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएको हो ।

जिल्लाका १२ विद्यालयको चारकोठे र नौवटा विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । जसमा मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयको चारकोठे पक्की भवन बन्ने भएको छ । यस्तै मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालय, आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र जलकन्या आधारभूत विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।

त्यस्तै फुङ्लिङ नगरपालिकाको युवा वर्ष माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा इन्द्रावती आधारमूत विद्यालय साब्लाखु र फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालयको चारकोठे पक्की भवन बन्नेछ । पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकामा बाल्देन माध्यमिक विद्यालय र सिरिजङ्घा गाउँपालिकामा दुर्गा माध्यमिक विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।

यसैगरी फुङ्लिङ नगरपालिकामा शान्ति आधारभूत, बगरबारी आधारभूत, याङ्लिजुङ आधारभूत र फुङ्लिङ आधारभूत विद्यालयको दुईकोठे पक्की भवन बन्ने भएको छ । त्यस्तै सिदिङ्वामा आँगेपा आधारभूत विद्यालय, मिक्वाखोलामा ओझागाउँ आधारभूत, पाथीभरा याङ्वरकमा त्रिभुवन आधारभूत विद्यालयमा दुईकोठे भवन बन्ने भएको छ । सिरिजङ्घाको सुदाप आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालयको दुईकोठे भवन बन्ने भएको छ ।

भवन अभाव र कतै जीर्ण भवनमा बाध्य भएर पठनपाठन सञ्चालन गर्दै आएको अवस्थामा नयाँ पक्की भवन निर्माण गर्नेगरी योजना छनोट भएपछि सम्बन्धित विद्यालयले खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै