Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको शान्ति सुरक्षालाई मजबुद बनाउदै : एसएसपी सुदीप गिरी

६ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाण्डौको नेतृत्व एसएसपी सुदीप गिरीले समालेको झण्डै २ महिना पुगेको छ । राजधानीको समग्र शान्ति सुरक्षा व्यवस्थापन तथा अवैध गतिविधि नियन्त्रण चुनौतिको विषय हो । एसएसपी गिरीले कानुनले बन्देज गरेका गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी रातदिन जतिबेला पनि खटिरहेको बताउँछन् ।

No description available.

एसएसपी सुदीप गिरिले काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएर अगाडि बढिरहेको बताएका छन । उपत्यकामा अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै छिटो नतिजा हासिल गर्ने काममा ध्यान केन्द्रित भएको वताए । मजबुत शान्ति सुरक्षाबाट मात्रै मुलुकमा सुशासन, स्थायी शान्ति, विकास र समृद्धि निश्रृत हुने हुँदा हामी हाम्रो जिम्मेवारीमा देश, जनता र सरकारप्रति जवाफदेहीपूर्ण ढंगले प्रस्तुत भइरहेका छन् ।

No description available.

एसएसपी गिरिका अनुसार उपत्यकामा हुने चोरी अपराधलाई नियन्त्रण गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। शान्ति सुरक्षामा कुनै पनि त्रास र भय सृजना नहोस् भनेर विभिन्न राजनीति समूहले लुकिछिपी कायरपूर्वक घटाउने घटना हुन नदिन प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ । पेशेवर अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरू अहिले सकिएका छन्। समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने कुरामा प्रहरी जस्तोसुकै हिंसात्मक र ध्वंसात्मक गतिविधिबिरुद्ध बलिदानका साथ काम गरिरहेको छ। त्यसैले उपत्यकामा त्यस्तो सुरक्षाको उल्लेखनीय चुनौति महसुस छैन।

एसएसपी गिरिले महानगरीय प्रहरी परिसर काठमाण्डौ मातहत प्रहरी वृत्तमा भएको जनशक्तिको व्यवस्थित र योजनाबद्ध परिचालन गरेर अपराध हुन सक्ने सम्भावित ठाउँहरूमा कडा सुरक्षाको व्यवस्था गरेर अपराधिक क्रियाकलापको सम्भावना बोकेका व्यक्तिहरूको कडा निगरानी गरेका गिरिले वताए । उपत्यकाभित्र पछिल्लो समयमा व्यापक प्रहरी परिचालन भएका कारण ठूला अपराधको घटना घटेका छैनन् र घट्ने सम्भावना पनि छैन।

एसएसपी गिरीले उपत्यकाभित्र चोरीको घटना नियन्त्रण गर्नका लागि अहिले विशेष अभियान सञ्चालन गरेका छन । यसका लागि दैनिक र रात्रिकालीन अवस्थामा पनि थप जनशक्ति व्यवस्थापन गरेका र जसबाट चोरीको घटना घट्दो छ ।

एसएसपी गिरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाएर लगेको । स्थानीय र प्रहरीको सहकार्यमा सञ्चालित विभिन्न कार्यक्रममार्फत सम्भावित अपराधको घटना रोक्न समेत समुदायबाट भरपुर सहयोग मिलेको बताए । काठमाडौं उपत्यका भित्र प्रहरीको व्यवहार सम्बन्धमा आउने सानातिना गुनासो अन्त्यका लागि व्यवहार सुधार अभियान चलाएका बताए । शिष्ट, सभ्य र नम्र बोलीका साथ कडा रूपमा कानुन कार्यान्वयन गर्न निर्देशन दिएको छु । यसको बारेमा नियमित रूपमा अनुगन गर्ने काम पनि भइरहेको छ। प्रहरीले रातदिन धुवाँ, धुलो, थकावट नभनी काम गर्नुपर्ने अवस्था छ । यसका लागि मनोबल उच्च बनाउनुपर्ने खाँचो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै