Comments Add Comment

Advertisment

SKIP THIS

किरण र नागेन्द्रको ‘लौन के गरौं’

०७ फागुन , काठमाडौं । साहित्यकार किरण पल्पसा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘लौन के गरौं’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा गायिका रचना रिमालको स्वर तथा राहुल प्रधानको संगीत संयोजन छ ।

भिडियोमा ‘हल्का रमाइलो’की कलाकार इस्टु कार्की ‘नेप्टी’ सँग मोडल प्रविण डिसीको रोमान्स हेर्न सकिन्छ । भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेराहेरमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जसबहादुर याक्खाले भिडियोमा देखाएका छन् ।

दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै