Comments Add Comment

Advertisment

SKIP THIS

छथर कांग्रेसद्धारा जागरण अभियान सुरु

०९ फागुन , काठमाडौं । छथर गाउँपालिका नेपाली कांग्रेस कार्यसमितिले जागरण अभियान सुरु गरेको छ ।

आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए । गाउँपालिकाको सबै वडामा अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस छथरले जनाएको छ ।

अभियानमा स्थानीय सरकारले गरेका गतिविधि नागरिकसम्म पुर्याउने, स्थानीय सरकारले गरेको अन्याय,अत्याचार, भ्रष्टाचारबारे नागरिकलाई जानकारी गराउने, पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट छलफल, पार्टीको अवधारणा नागरिकसमक्ष प्रस्तुत गर्नेलगायतका कार्यक्रम रहेको सभापति भट्टराईले जानकारी दिए ।

अभियान आगामी १३ फागुनमा सम्पन्न हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै