Comments Add Comment

Advertisment

SKIP THIS

शिवरात्रिमा पशुपति मन्दिरमा बिजुली बत्ती र फूलले सजाइने

१० फागुन , काठमाडौं । यसपालिको शिवरात्रिमा पशुपति मन्दिरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ ।

पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाइ त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर मिलनकुमार थापाले जानकारी दिनुभयो ।

उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उहाँले बताउनुभयो । पशुपतिको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ । शिवरात्रि आउँदो १७ गते परेको छ । शिवरात्रिमा पशुपति मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् ।

हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुनेगर्छ । पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ । कोषले पशुपति मन्दिरमा शिवरात्रिको तयारी सुरु गरेसँगै विशेष पूजा गर्नेको पनि भीड बढ्न थालेको जनाएको छ ।

कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपति मन्दिर माघ २८ गते शुक्रवारदेखि भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने माघ २९ गते शनिवारदेखि सुरु भएको हो । माघ २९ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु भएपछि झण्डै एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै