Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीमा मध्यराति डाका समूहले गोली प्रहार गरी लुटपाट

२५ जेठ, काठमाडौ । महोत्तरीमा सोमबार मध्यराति डाका समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् ।

लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति डाका समूहले स्थानीय रामकरण साहको घरमा गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ ।

डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment