Comments Add Comment

Advertisment

SKIP THIS

मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालकी श्रेष्ठले प्रतिस्पर्धा गर्ने

१३ फागुन , काठमाडौं । मिस ग्ल्याम वर्ल्ड २०२२ का लागि नेपालकी इरिना श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी छन्।

आगामी १९२८ अगष्टमा भारतको कोचिन, केरलामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ वर्षिया मोडल श्रेष्ठले प्रतिस्पर्धा गर्ने गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। कार्यक्रममा श्रेष्ठलाई आमा ईन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिराईदिएका थिए ।

 

विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ । हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरुमा सहभागिता जनाइसकेकी छन् ।

मिडियाकर्मी श्रेष्ठ मिस ग्ल्याम वर्ल्ड २०२२ मा आफ्नो सहभागिता हुने भएपछि उत्साहित छिन् । यो ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने उनले बाचा गरिन् ।

 

मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन ईराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै