Comments Add Comment

Advertisment

SKIP THIS

झापा एफसीको मार्की खेलाडीमा अनुबन्धन : अञ्जन विष्ट

१५ फागुन , काठमाडौं । झापा एफसीले यस सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने सुपर लिगका लागि आयोजकले यसअघि नै २२ खेलाडीको सूची निकालेको थियो । अञ्जनले अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीका मार्की र कप्तानी गरेका थिए ।

केही दिनअघि मात्र चितवन एफसीले अनन्त तामाङ र ललितपुर एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ ।

यसअघि आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ ।

गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौँ रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै