Comments Add Comment

Advertisment

SKIP THIS

कामना सेवा विकास बैंकको शाखारहित सेवा थप ३ स्थानमा

१६ फागुन, काठमाण्डौं । कामना सेवा विकास बैंकले थप ३ स्थानमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । रूपन्देहीको देवदह नगरपालिका–८, अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सीतापुर र लमजुङको मध्य नेपाल नगरपालिका(७ रामबजारमा बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले बैंकले सेवा विस्तार गरेको जनाएको छ ।

देवदह नगरपालिकामा देवदह मोबाइल एण्ड कम्प्युटर, शितगंगा नगरपालिकामा सचिन मोबाइल सेन्टर र मध्यनेपाल नगरपालिकामा इशानेश्वर इलेक्टोनिक्सलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको हो । देवदह रूपन्देहीमा बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र देवदह नगरपालिका–८ का वडाध्यक्ष्य डण्डपाणी भट्टराई, मध्य नेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारीले बैंकिङ्ग सेवाको उद्‌घाटन गरी सेवा आरम्भ गरेका हुन् ।

अर्घाखाँची जिल्लाको सितगंगा–२ सीतापुरमा शितगंगा नगरपालिका२ का वडा अध्यक्ष्य गोवर्द्धन थापाले ​शाखारहित बैंकिङ्ग सेवाको उद्‍घाटन गरी सेवा आरम्भ गरेका हुन् । शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै