Comments Add Comment

Advertisment

SKIP THIS

जसपाले बोलायो केन्द्रीय समिति बैठक

१७ फागुन , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक फागुन २८ गते बस्ने भएको छ । संघीय परिषद् बैठकपछि पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्ने भएको हो ।

फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसदबाट भएको एमसिसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणालीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment