Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा टयाकटरको ठक्करले ट्राफिकका सई अर्जुन पौडेलको निधन

२० फागुन , काठमाडौं । चितवनको भरतपुर महानगरपालिका ६ जय नेपाल चोकमा गएराती ट्याकटरको ठक्करबाट ट्राफिक प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

गएराती ९ बजे महेन्द्रचोकबाट चोक बजार तर्फ जाँदै गरेको ना ४ त ८८ २९ नम्बरको ट्याकटरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्याकटर सहित चालकलाई ईलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै