Comments Add Comment

Advertisment

SKIP THIS

सुन आयातको कोटा घट्यो : अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

२२ फागुन , काठमाडौ । नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाइ गर्ने भएको छ । आइतबार एक निर्देश जारी गर्दै राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न निर्देशन गरेको हो ।

यसअघि बैंकहरुले दैनिक २० किलोग्राम सम्म सुन आयात गर्न पाउँथे । तर, पछिल्लो समय रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्राको संचिति समेत घटेपछि बैंकले सुन आयात नियन्त्रणको नीति लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै