Comments Add Comment

Advertisment

SKIP THIS

पोखराबाट लागूऔषधसहित एक पक्राउ

२२ फागुन, काठमाडौं । पोखरा महानगरपालिका-१३ काहुँखोलाबाट सोही महानगरपालिका-२६ बुढीबजार बस्ने २८ वर्षीय दिपक परियारलाई नियन्त्रित लागूऔषध ९४ एम्पुल बुप्रिनुर्फिन, ९४ एम्पुल फेनारगन र ९४ एम्पुल डाईजेपाम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

No description available.

दिपकले पोखरा नगर क्षेत्रका विभिन्न स्थानमा लागूऔषधको कारोबार गर्छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनले प्रयोग गरेको ग.१२ प ३९७३ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद ४ हजार बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै