२५ फागुन, काठमाडौं । बाँकेको कोहलपुर प्रहरीले बैजनाथ गाउँपालिकाबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ५ बाट चितुवाको छालासहित बैजनाथ गाउँपालिकाका यमबहादुर विश्वकर्मा, बर्दिया मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
चितुवाको छालासाथमा राखेर हिडिरहेका उनीहरुलाई शंका लागेर जाँच गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई इप्रका कोहलपुरको हिरासतमा राखेर थप अनुसन्धानको काम सुरु भइरहेको प्रहरीले जनाएको छ ।






